काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँगको औपचारिक सम्बन्धबाट अलग भएका छन्।

बिहीबार सम्पन्न अध्यक्ष परिषद् बैठकले डा. भट्टराईले स्वतन्त्र रहँदै वैकल्पिक तथा रूपान्तरणमुखी राजनीतिलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको विषयलाई स्वीकार गर्दै उनको निर्णयप्रति सम्मान जनाउँदै शुभकामना दिने निर्णय गरेको हो।

advertisement

बैठकको निर्णयमा उल्लेख गरिएको छ— डा. भट्टराई यसअघि पार्टीका संरक्षक थिए, अब कुनै पनि साङ्गठनिक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा राजनीतिक योगदान गर्न चाहेको जानकारी पार्टीलाई गराएका थिए। परिषद्ले उनको उक्त वैयक्तिक निर्णयलाई सम्मान गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

यसैबीच, अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्यता समेत त्यागेको सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई पनि व्यक्तिगत तथा राजनीतिक भविष्यका लागि सफलताको कामना गर्ने निर्णय गरिएको छ।

बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै हालको सत्ता संरचना श्रमिक, मजदुर, तथा उत्पीडित वर्ग र समुदायको हितअनुकूल नभएको निष्कर्ष निकालेको जनाएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com