डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नागरिकलाई त्रासमा पार्दै घर भत्काउने जस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार जनताको जीवन र जीविकाप्रति संवेदनशील हुन नसकेको आरोप लगाए। उनका अनुसार जमिन र जनता दुवै देशका लागि उत्तिकै महत्वपूर्ण भए पनि सरकारको व्यवहार त्यसअनुकूल देखिएको छैन।

advertisement

नेता महरले संसद् अधिवेशन छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले संसद्को सर्वोच्चतामाथि चुनौती खडा गरेको टिप्पणी गरे। उनले शक्ति सन्तुलनको सिद्धान्त विपरीत कार्यपालिकाबाट न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भइरहेको आशंका समेत व्यक्त गरे।

पार्टीको आन्तरिक राजनीतिबारे उठेको प्रश्नको जवाफ दिँदै महरले आफू गुटगत राजनीतिभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरणमुखी कांग्रेस निर्माणको पक्षमा रहेको बताए।

नैनसिंह महरले आगामी दिनमा कांग्रेसले लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको संरक्षणमा अझ दृढ रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com