काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

संसदीय सुनुवाइका लागि शुक्रबार दिउँसो ४ बजे बैठक बोलाइएको छ। बैठक सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्नेछ।

advertisement

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय गरिएको छ।

यसअघि बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सिफारिस सूचीमा उनी चौथो नम्बरमा रहेका कारण निर्णयप्रति केही आलोचना पनि भइरहेको छ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com