काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले रास्वपाको चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन् ।

शुक्रबा सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले रास्वपाको वाचापत्र निर्वाचनमार्फत जनताबाट अनुमोदन भएको र सोही अनुसार विद्यार्थी संगठन खारेज गरेको बताएका हुन् ।

advertisement

जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।

अर्को प्रसंगमा उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताए ।

‘तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि सङ्घ सरकारको कुनै मद्धत चाहिएमा हामी तयार छौँ,’ उनले भने, ‘तर यो मूलत: स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ ।’

  • रासस

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com