काठमाडौं। युरोपेली सङ्घ (इयू) ले नेपालको वर्तमान सरकारले प्राथमिकतामा राखेका क्षेत्रमा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको जनाएको छ ।

इयूका राजदूत भेरोनिक लोरेन्जोले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गर्दै नेपालको प्राथमिकता क्षेत्रमा युरोपेली सङ्घले सहकार्य गर्न चाहेको बताएका हुन् ।

advertisement

सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–इयू द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य तथा भावी साझेदारीका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा क्षेत्रमा, विशेषगरी समतामूलक पहुँच, शैक्षिक गुणस्तर तथा शिक्षकको पेसागत विकास प्रणाली सुदृढीकरणमा इयूले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

उनले समावेशी शिक्षा, शैक्षिक पूर्वाधार विकास तथा शिक्षक क्षमता अभिवृद्धिका क्षेत्रमा आगामी दिनमा थप सहकार्य गर्न सकिने धारणा राखे ।

राजदूत लोरेन्जोले नेपालको नयाँ सरकारका प्राथमिकता क्षेत्रमा सहयोग गर्न सम्पूर्ण युरोपेली सङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल–इयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com