काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुको पहलमा आयोजना गरिएको ‘खुला संवाद’ कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल अनुपस्थित भएपछि विद्यार्थीहरूले खाली कुर्सीसामु नै प्रश्न राखेर विरोध जनाएका छन्।

उक्त कार्यक्रममा मन्त्री पोखरेललाई सहभागिताका लागि स्ववियु सभापति गोविन्द कोइरालाले मन्त्रालयमै पुगेर औपचारिक निमन्त्रणा दिएका थिए।

advertisement

विश्वविद्यालय सुधारका विषयमा विद्यार्थीका अनुभव र सुझाव संकलन गर्ने, विद्यार्थी संगठनहरूको आगामी राजनीतिक भूमिका र त्यसमा सरकारको सहजीकरणबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको थियो।

तर निर्धारित कार्यक्रममा शिक्षामन्त्री नै उपस्थित नभएपछि विद्यार्थीहरूले व्यङ्ग्यात्मक रूपमा खाली कुर्सीलाई सम्बोधन गर्दै आफ्ना जिज्ञासा र असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com