काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन शुक्रबार फिर्ता गरेकी छन्। नयाँ सरकार गठन भई बालेन शाह नेतृत्वमा आएपछि उनले उक्त सुविधा त्याग्दै गाडी सरकारलाई बुझाएकी हुन्।
कार्कीका प्रधानमन्त्रीकालीन प्रेस सल्लाहकार राम रावलका अनुसार, उनले प्रयोग गरिरहेको गाडी अत्यधिक इन्धन खपत गर्ने र जीर्ण अवस्थाको भएको गुनासो गर्दै आएको बताइएको छ। सोही कारण उनले खर्चिलो सवारी फिर्ता पठाउन सचिवालयलाई निर्देशन दिएकी थिइन्।
यससँगै, कार्कीले पूर्व प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतबाट प्राप्त हुने सवारी सुविधा उपलब्ध गराउन आग्रह गरेकी छन्। उनले अनावश्यक रूपमा दोहोरो सवारी सुविधा नलिने स्पष्ट पार्दै हाल प्रयोगमा रहेको सरकारी गाडी फिर्ता गरेको रावलले जानकारी दिए।
प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया