काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि आफ्ना जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रशिक्षण आयोजना गरिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार आज र भोलि प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ । यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा पहिलो चरणको आवासीय प्रशिक्षण सम्पन्न गरिएको थियो, जसमा विषयविज्ञ तथा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।

advertisement

यसअघि आयोजित कार्यक्रममा वरिष्ठ नेता बालेन शाह अनुपस्थित रहेको विषयले चर्चा पाएको थियो ।

गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । धेरैजसो जनप्रतिनिधिहरू राजनीतिक, संवैधानिक तथा कानुनी विषयमा नयाँ भएकाले यस्ता प्रशिक्षण उपयोगी हुने पार्टीले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com