काठमाडाैं । दाङको देउखुरीमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा काठ काट्ने विषयमा विवाद हुँदा स्थानीय ५५ वर्षीय भोला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउँसो स्थानीय २३ वर्षीय इच्छाकुमार रैदासले बञ्चरो प्रहार गर्दा यादवको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काँचो काठ काट्ने विषयमा विवाद भएपछि रैदासले धारिलो हतियार प्रहार गरेको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जनाएको छ । घटनापछि आरोपित रैदास फरार छन् ।
प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार













प्रतिक्रिया