काठमाडौं । नेकपा (एमाले) का नेता महेश बर्तौलाले न्यायालयको वर्तमान अवस्था एकै दिनमा सिर्जना नभएको बताएका छन्। उनले विगतको मौनता, ढिलासुस्ती तथा न्यायालयले आफ्नै अधिकार, स्वतन्त्रता र गरिमाको रक्षा गर्न नसक्नु अहिलेको अवस्थाको कारण बनेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बर्तौलाले न्यायालयमाथि देखिएको संकट हिजोका कमजोरीहरूको प्रतिफल भएको बताएका हुन्।

advertisement

“न्यायालयमाथिको आजको अवस्था कुनै एक दिनको परिणाम होइन, यो हिजोका मौनता, ढिलासुस्ती तथा आफ्नै अधिकार, स्वतन्त्रता र गरिमाको रक्षा गर्न नसक्नुको प्रतिफल पनि हो,” उनले उल्लेख गरेका छन्।

उनले लोकतन्त्रमा न्यायालय कानुनी विवाद समाधान गर्ने निकाय मात्र नभई लोकतन्त्र, विधिको शासन, संविधान र जनविश्वासको अन्तिम संरक्षक भएको बताएका छन्। न्याय सधैँ डर र प्रभावबाट मुक्त भई समयमै प्रवाह हुनुपर्ने उनको भनाइ छ।

बर्तौलाले कार्यपालिकाले दुईतिहाइ शक्तिको आडमा संवैधानिक परिषद्मार्फत न्यायपालिकामाथि नियन्त्रणमुखी र चयनमुखी निर्णय लाद्ने अवस्था सिर्जना भएको आरोप समेत लगाएका छन्।

प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा वरिष्ठताको स्थापित विधि, परम्परा र न्यायिक मर्यादालाई बेवास्ता गरिएको भन्दै उनले त्यसलाई न्यायपालिकामाथिको हस्तक्षेपको उदाहरणका रूपमा टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com