पोखरा। पोखराको बागलुङ बसपार्क क्षेत्रमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइट मा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा उक्त झडपको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूको पहिचान गर्दै प्रहरीले वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पोखरा–१३ बाझपाटनका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार तथा गोरखा घर भई पोखरामा बसोबास गर्ने ३० वर्षीय ‘दिपेश’ भनिने दिलेराम गुरुङ रहेका छन्।
त्यसैगरी बागलुङ बसपार्क क्षेत्रमा बस्दै आएका १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुन पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले उक्त समूहबीच भएको झडपको मुख्य कारण लागूऔषध कारोबारसँग सम्बन्धित विवाद भएको देखाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया