काठमाडाैं । रवि लामिछाने ले आफूहरू व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देशका लागि नयाँ राजनीतिक इतिहास निर्माण गर्ने अभियानमा रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले मन्त्री वा प्रधानमन्त्री बन्नु मात्रै ठूलो कुरा नभएको बताए । उनका अनुसार मुलुकलाई कस्तो नेतृत्व दिने भन्ने विषय नै सबैभन्दा महत्वपूर्ण हो ।
रवि लामिछाने ले आफू पार्टी सभापति, मन्त्री वा प्रधानमन्त्री बन्ने लक्ष्यले राजनीतिमा नआएको स्पष्ट पार्दै “हामी जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौं” भन्ने धारणा दोहोर्याए ।
उनले रास्वपाका सांसदहरू नयाँ भए पनि राजनीति निरन्तर सिकाइ र अभ्यासको क्षेत्र भएको बताए । साथै, बदलिँदो विश्व राजनीतिका बीच रास्वपाको उदयलाई समाजमा भइरहेको निरन्तर विद्रोहको एउटा स्वरूपका रूपमा व्याख्या गरे ।
उनका अनुसार पार्टीको उद्देश्य राजनीतिलाई सही दिशामा लैजानु र संसदीय अभ्यासलाई मर्यादित बनाउनु हो ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार













प्रतिक्रिया