काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वास्तविक भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आइतबार पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले सुकुम्बासी समस्या समाधानमा आफ्नो पूर्ण साथ रहने बताए।

advertisement

सम्बोधनका क्रममा सभापति लामिछानेले विगतमा सुकुम्बासीहरूलाई केवल ‘भोट बैंक’ का रूपमा प्रयोग गरिएकाले यो समस्या जटिल बनेको टिप्पणी गरे।

‘हाम्रो पार्टीका कारण एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन,’ उनले भने, ‘अव्यवस्थित र असुरक्षित ढंगले नदी किनारामा बसेका तथा गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्थामा मात्रै अहिलेको कदम चालिएको हो। यसबाहेकका भूमिहीनको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन।’

उनले कसैको उक्साहटमा नलाग्न आग्रह गर्दै थपे, ‘हामी उहाँहरूलाई अधिकार दिन्छौं। अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन।’

पार्टीको आन्तरिक अनुशासनका विषयमा बोल्दै लामिछानेले सांसदहरूलाई ‘रवि कि बालेन’ भन्ने गुटबन्दीमा नलाग्न निर्देशन दिए। कतिपय सांसदहरूले दोधारे चरित्र देखाएका कारण मन्त्री बन्ने अवसर गुमाएको सुनाउँदै उनले भने, ‘म यताको कि उताको भनेर हिँड्ने हो भने अर्को पटक टिकट पाइँदैन। हामी राजनीतिक रूपमा परिपक्व छौं, हाम्रो सम्बन्धमा कुनै दरार छैन।’

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com