काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास द्वारा मिति २०८३ वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म आयोजना गरिने ‘नेशनल पुलिस वीक २०२६’ (NPW26) कार्यक्रमको समुद्घाटन आज पाँच किलोमिटर दौड प्रतियोगिताको शुभारम्भसँगै सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल, अमेरिकी दूतावासका म्यानेजमेन्ट काउन्सुलर क्रीस्टोफर आर रेनोल्ड लगायत सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरेश कुमार श्रेष्ठ सहितको उपस्थिति रहेको थियो।

advertisement

आज सम्पन्न पाँच किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल नेपालका रुपेश कार्की प्रथम तथा सञ्जीव नेपाली द्वितीय भएका छन भने नेपाल प्रहरीका नागेश्वर अहिर तृतीय भएका छन्। त्यसैगरी, महिलातर्फ नेपाल प्रहरीकी सुमित्रा चौधरी प्रथम, सशस्त्र प्रहरी बल नेपालकी फुलमती राना द्वितीय तथा आशा राउत तृतीय भएकी छन्।


विजयी खेलाडीहरूलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल तथा युएस एम्बेसीका क्षेत्रीय सुरक्षा अधिकारीले पुष्पगुच्छा तथा उपहार प्रदान गरी सम्मान गरेका थिए।

यसैगरी, आज नै सम्पन्न नेपालस्थित अमेरिकी दूतावासको टोली र सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरु बीच भएको फुटबल प्रतियोगितामा अमेरिकी दूतावासको टोलीले ४ गोल तथा सशस्त्र प्रहरी बल नेपालको टोलीले ३ गोल गरेको थियो।

 

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com