काठमाडौं । टर्किस एयरलाइन्सको विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यसको पाङ्ग्रामा आगो लागेको छ।

घटनापछि विमानस्थल तत्कालका लागि बन्द गरिएको छ, जसका कारण अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सबै उडान–अवतरण रोकिएको छ।

advertisement

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम भइरहेको जानकारी दिएका छन्। विमानलाई धावनमार्गबाट ट्याक्सीवेमा सारिएपछि यात्रुहरूलाई निकाल्ने प्रक्रिया सुरु गरिएको छ।

विमान धावनमार्गमै अड्किएकाले ठूला अन्तर्राष्ट्रिय उडानहरूको नियमित तालिका प्रभावित भएको छ। आगलागीको कारण भने हालसम्म पत्ता लागिसकेको छैन र अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

बिहान करिब ६:३५ बजे अवतरण गरेको उक्त विमानमा २७७ जना यात्रु सवार थिए।

विमानस्थलको अवस्था मूल्याङ्कनपछि र धावनमार्ग सुरक्षित भएपछि उडानहरू पुनः सामान्य अवस्थामा फर्काइने बताइएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com