काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा काराेबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी पाँच हजार ३०० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया