काठमाडाैं । सुशीला कार्की ले बालेन्द्र शाह की पत्नीलाई ‘राष्ट्रिय माता’ मान्नुपर्ने तर्क गरेकी छन् । हिन्दू संस्कृतिमा सानो उमेरका महिलालाई पनि आमा वा माता भन्ने चलन रहेको उनको भनाइ छ ।

दुई दिनअघि दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गरेपछि उनले आफ्नो भनाइको बचाउ गर्दै आफूलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरिन् । उनले आफूलाई प्रश्न गर्ने पत्रकारप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त व्यक्तिले आफ्नो चरित्रहत्या गर्ने गरी प्रस्तुति दिएको आरोप लगाइन् ।

advertisement

सुशीला कार्की ले “आमाको हैसियत पनि हस्तान्तरण हुन सक्छ” भन्दै हिन्दू संस्कृतिमा सम्मानस्वरूप सानो उमेरकालाई समेत माता भन्ने परम्परा रहेको उल्लेख गरिन् ।

उनका अनुसार बालेन्द्र शाह को सपथ ग्रहणकै बेला आफूले अब आफ्नो ‘दर्जा उत्रिएको’ र बालेनकी पत्नीलाई माताश्री वा राष्ट्रिय माता मान्नुपर्ने सन्दर्भमा टिप्पणी गरेकी थिइन् ।

उनले आफ्नो भनाइलाई सञ्चारमाध्यमले गलत ढंगले प्रस्तुत गरेको दाबी समेत गरेकी छन् ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com