काठमाडाैं । धनुषा मा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जनकनन्दिनी गाउँपालिका–३ महुवास्थित बिन्दे मण्डलको घरपछाडिको बारीमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३९ वर्षीय अजिम राइन सहित सात जनालाई आइतबार राति प्रहरीले पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय खजुरी बाट खटिएको प्रहरी टोलीले उनीहरूबाट नगद ९४ हजार १९ रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार













प्रतिक्रिया