काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समिति को बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ ।

सुकुमबासी व्यवस्थापन, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसको भनाइ छ । तर प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसले बैठक नै बहिष्कार गरेको हो ।

advertisement

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहित सांसदहरू बैठकमा उपस्थित भए पनि अन्ततः उनीहरू बाहिरिएका थिए । आङ्देम्बेले प्रधानमन्त्री बिना समितिको बैठकको औचित्य नहुने भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्री उपस्थित भएमा मात्र छलफलमा सहभागी हुने, नत्र औपचारिकता मात्रै पूरा गर्न उपस्थित नहुने स्पष्ट पारे । उनका अनुसार प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि सुनुवाइ नभएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह को लगातार अनुपस्थितिका कारण समिति बैठक दोस्रो पटक प्रभावित भएको छ । यसले संसद् समिति स्तरमा सरकार र प्रतिपक्षबीचको तनाव थप बढेको देखिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com