काठमाडौं । सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सरकारले ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
हाल सहकारीको रकम फिर्ताका लागि चक्रीय कोषको व्यवस्था भए पनि विभिन्न सहकारी संस्थाहरूले आ–आफ्नै खातामार्फत रकम वितरण गर्दै आएका छन् । नयाँ व्यवस्थाअनुसार अब एकीकृत कोषमार्फत बचतकर्तालाई रकम फिर्ता गरिने लक्ष्य सरकारले राखेको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया