काठमाडौं । सरकारले भूमि बैंकको अवधारणालाई निरन्तरता दिँदै यसको प्रभावकारी कार्यान्वयन गर्ने नीति अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा बाँझो तथा उपयोगविहीन जमिनको सदुपयोगका लागि भूमि बैंकलाई सुदृढ बनाइने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा उत्पादन वृद्धि र भूमि व्यवस्थापन सुधारका लागि भूमि बैंकलाई सक्रिय र परिणाममुखी ढंगले सञ्चालन गरिने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया