काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको उपनेतामा पार्टीकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेका प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् ।
पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।
- रासस
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया