काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएको जस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि उनले त्यसबारे स्पष्टिकरण दिएका छन्।

विवादित भिडियो क्लिपहरू सार्वजनिक भई आलोचना चुलिएपछि वाग्लेले मंगलबार एक संसदीय समिति बैठकमा आफैंले उक्त विषय उठाउँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

advertisement

उनका अनुसार, बाहिर फैलिएको जस्तो आफू निदाएको नभई मोबाइलमा आएका तत्कालीन (अर्जेन्ट) सन्देशहरू हेर्दै बसेको अवस्था थियो।

उनले भने, “अर्थमन्त्री निदायो भनेर निकै भाइरल भयो। तर जे देखिन्छ, त्यो सधैं यथार्थ हुँदैन भन्ने कुरा बुझिदिनुपर्छ।”

वाग्लेले नीति तथा कार्यक्रम वाचन भइरहेका बेला फोन उठाउनु असान्दर्भिक हुने भएकाले मोबाइल टेबुलमुनि राखेर सन्देशहरू हेरेको दाबी गरे।

उनले थपे, “राष्ट्रपतिको अगाडि फोन निकालेर हेर्नु उचित नहुने भएकाले म सन्देश मात्र हेर्दै थिएँ।”

उनका अनुसार, दृश्यको आधारमा मात्र निष्कर्ष निकाल्दा गलत बुझाइ फैलिन सक्छ।

उनले यस्तो विषयमा हतारमा गम्भीर निष्कर्षमा नपुग्न आग्रह गर्दै भने, “दशौं लाखले रमाइलो बनाएको विषय भए पनि यसलाई अतिरञ्जित रूपमा नबुझिदिनुहोला।”

यो घटनापछि संसदको अनुशासन र सार्वजनिक पदाधिकारीको आचरणबारे सामाजिक सञ्जालमा बहस पुनः चर्किएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com