काठमाडौं। अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ। युद्ध अन्त्य गर्ने विषयमा अमेरिका इरानको प्रस्तावप्रति सकारात्मक नभएपछि तेहरानले आफ्नो प्रस्ताव स्वीकार गर्नु बाहेक अर्को विकल्प नरहेको कडा अडान लिएको छ।

इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै १४ बुँदे प्रस्तावमा उल्लेख गरिएको इरानी जनताको अधिकारको सम्मान गर्नुपर्ने बताएका छन्।

advertisement

उनका अनुसार यो प्रस्ताव अस्वीकार गर्नु “अव्यवहारिक र असफलतामा पुग्ने बाटो” हो।

गालिबाफले चेतावनीपूर्ण शैलीमा लेख्दै अन्य विकल्पहरू पूर्ण रूपमा बेकार हुने र समय जति लम्बिँदै जान्छ, त्यसको आर्थिक भार अन्ततः अमेरिकी करदातामाथि पर्ने दाबी गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै खारेज गरेका छन्, जसपछि दुई देशबीचको कूटनीतिक तनाव अझै बढेको देखिएको छ।

समाचार अनुसार पाकिस्तानमार्फत पठाइएको इरानको प्रस्तावमा युद्ध तत्काल रोक्ने, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा भविष्यमा इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी माग गरिएको छ।

विश्लेषकहरूका अनुसार यी घटनाक्रमले मध्यपूर्वमा शक्ति सन्तुलन र सुरक्षा अवस्थाबारे थप अनिश्चितता बढाएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com