काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले प्रतिनिधिसभा बैठकमा नेपाली सेनाको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार संसदमा सम्बोधन गर्दै उनले देश संकटमा परेका बेला र राष्ट्र प्रमुखको मुख्यालयमै आक्रमण भएको अवस्थामा पनि नेपाली सेना किन सक्रिय रूपमा प्रस्तुत हुन सकेन भन्ने जिज्ञासा व्यक्त गरे ।
एमालेको तर्फबाट रोष्ट्रम प्रयोग गर्दै बोलेका बादलले लिपुलेक क्षेत्रमा भएको अतिक्रमणप्रति सेनाको भूमिकामाथि समेत प्रश्न उठाए । उनले सोही सेना सुकुमवासी बस्तीहरूमा भने किन सक्रिय देखिएको छ भन्दै आलोचनात्मक टिप्पणी गरे ।
बादलको अभिव्यक्तिप्रति सदनभित्रै आपत्ति जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले उक्त टिप्पणीलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
उनीहरूले सेनामाथि गरिएको टिप्पणीले केवल एउटा संस्थामात्र नभई राष्ट्रिय मनोबलमै असर पार्ने भन्दै आपत्ति जनाएका हुन् ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया