काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार उनलाई वैशाख २९ गते राति सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।
प्रहरीले पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न रहेको आरोप लगाएको छ ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया