काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ ।
देवी प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै ती शब्दहरू रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद्को छलफलमा सहभागी हुने सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। यसअनुसार सदस्यले सभामुखको ध्यानाकर्षण गराउन पहिले उभिनुपर्छ र सभामुखले नाम बोलाएपछि वा संकेत गरेपछि मात्रै बोल्न पाउने व्यवस्था छ।
यस्तै, ‘पदअनुकूल आचरण नगरेको’ भन्ने प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा बाहेक सभामुखको कार्यशैली वा आचरणको आलोचना गर्न पाइँदैन। संविधानको धारा १०५ ले निषेध गरेका विषयहरूमा बहस गर्न पनि रोक लगाइएको छ।
नियमावलीले संसद्मा अशिष्ट, अश्लील, अपमानजनक वा आपत्तिजनक शब्द प्रयोग गर्न निषेध गरेको छ। साथै, कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गप्रति होच्याउने वा सार्वजनिक शिष्टाचार तथा नैतिकता विपरीत हुने अभिव्यक्ति दिन नपाइने स्पष्ट व्यवस्था छ।
त्यसैगरी, बोल्ने अधिकारलाई सदनको कामकारबाही अवरुद्ध गर्ने उद्देश्यले दुरुपयोग गर्न नहुने प्रावधान पनि नियमावलीमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया