काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित भई उठेका प्रश्नहरूको जवाफ दिन बाध्य पार्नेगरी रुलिङ गर्न माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखसमक्ष यस्तो माग राख्दै प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न आग्रह गरेका हुन्।

तर, देवी प्रसाद अर्यालले रुलिङभन्दा पनि संवादमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले आजको कार्यसूचीअनुसार प्रधानमन्त्रीको उपस्थिति सम्भव नभएको संकेत गर्दै तत्काल रुलिङ नगर्ने अवस्था स्पष्ट पारे।

सभामुखको उक्त भनाइपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै उठेर सदन अवरुद्ध गर्ने क्रम जारी राखेका छन्।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com