काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको जनाइएको छ।
सरकारले अघिल्लो कार्यकालमा गरिएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने नीति अघि बढाएपछि भट्टमाथि राजीनामाको दबाब बढेको थियो।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले उनलाई राजीनामा दिएर मन्त्रालयको कामकारबाही सहज बनाउन आग्रह गरेकी थिइन्।
राजीनामा नदिए बर्खास्ती प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको स्रोतको दाबी छ।
पछिल्लो समय सरकारले पुराना राजनीतिक नियुक्तिलाई निरन्तरता नदिने निर्णय गरेसँगै भट्टले पदबाट बाहिरिने निर्णय लिएको बताइएको छ।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया