काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वमा पुग्ने हतारका कारण पार्टीको विधि र विधान मिच्न नपाइने बताएका छन्।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रको प्रक्रिया र नियमलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास गलत हुने टिप्पणी गरे।
सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको कथित फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्ने प्रयास भइरहेको गम्भीर आरोप समेत लगाए।
उनले लोकतान्त्रिक पार्टी भएकाले नेपाली कांग्रेसमा बहस र छलफल स्वाभाविक भए पनि नेतृत्व हात पार्नका लागि नियमविपरीत गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
सिंहले भने, पार्टीलाई कमजोर बनाउने कुनै पनि प्रयास सह्य नहुने र सबै तहका नेताहरूलाई समेटेर विधिपूर्ण ढङ्गले संगठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले निषेधको राजनीति होइन, समेट्ने र एकताबद्ध गर्ने शैली अपनाएर मात्र पार्टीलाई मजबुत बनाउन सकिने धारणा पनि राखे।
प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार













प्रतिक्रिया