काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित नभई सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्न नआएपछि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले कडा विरोध जनाएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलका सांसदहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै आपत्ति जनाए।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले प्रधानमन्त्री संसदमा उपस्थित भएर नीति तथा कार्यक्रमबारे जवाफ दिनुपर्ने भन्दै, “जनताको सरकार हो भने संसदप्रति उत्तरदायी हुनुपर्छ,” बताएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिले संसदको गरिमा र सांसदहरूको भूमिकामाथि प्रश्न उठाएको भन्दै विपक्षीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया