काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतान्त्रिक अभ्यासका नाममा विगतमा भएका कमजोरीहरू अहिले संसद्मा समस्याका रूपमा देखा परेको बताएका छन् ।
उनका अनुसार विपक्षी वा आलोचकप्रति कठोर व्यवहार गर्दै त्यसलाई नै लोकतान्त्रिक अभ्यास ठान्ने प्रवृत्तिका कारण विगतका कतिपय गल्तीहरू अहिले संसद्मा चुनौती बनेर उभिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले वर्तमान राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्दै लोकतन्त्र समयसँगै अझ परिष्कृत हुँदै गएको टिप्पणी गरेका छन् । उनले ‘ढुङ्गाको समेत छाला काढ्न सक्ने क्षमता’ भएका व्यक्तिहरू अहिले लोकतन्त्रका नयाँ संरक्षक बनेर उपदेश दिइरहेको जस्तो देखिएको उल्लेख गरेका छन् ।
राजनीतिक खिचातानीका कारण संसद् आफैँ ओझेलमा परेको संकेत गर्दै बास्कोटाले यस्तो अवस्थामा संसद्ले अब के जवाफ दिन सक्छ भन्ने प्रश्न समेत उठाएका छन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया