काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज पनि प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिने भएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख भए पनि पछि कार्यसूची संशोधन गरिएको हो।
संशोधित कार्यसूचीअनुसार अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।
प्रधानमन्त्री लगातार संसद्मा अनुपस्थित रहेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाउँदै आएका छन्।
विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा सरकार प्रमुख स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै सदन अवरोधसमेत गर्दै आएका छन्।
यसअघि पनि प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रतिनिधिसभाको बैठक पटक–पटक प्रभावित भएको थियो।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया