काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को चीन भ्रमणमा सहभागी अमेरिकी उद्योग तथा प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूले चीनका राष्ट्रपति सी जिनपिङ सँगको भेटघाटलाई सकारात्मक र फलदायी बताएका छन्।
एलन मस्क ले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अमेरिका–चीन बैठकलाई “अद्भुत” भएको बताएका हुन्।
उपलब्धिबारे प्रश्न गर्दा उनले “धेरै राम्रो कुरा भएको” प्रतिक्रिया दिएका थिए।
त्यस्तै टिम कुक ले पत्रकारहरूतर्फ ‘थम्ब्स अप’ र ‘पीस साइन’ देखाउँदै बैठक सफल भएको संकेत दिएका थिए। यसै वर्ष उनी एप्पलको प्रमुख कार्यकारी पदबाट बाहिरिने तयारीमा रहेको जनाइएको छ।
जेन्सेन हुआङ ले पनि बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उनले ट्रम्प र सी जिनपिङ दुवैलाई “अद्भुत” व्यक्तित्वको संज्ञा दिँदै प्रशंसा गरेका थिए।
यद्यपि, ती प्रमुख कार्यकारीहरू कुन विशेष बैठकमा सहभागी भए, कसलाई भेटे वा के–कस्ता सहमति भए भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
उनीहरूलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुल बाहिर अमेरिकी प्रशासनका अधिकारीहरूसँग देखिएको थियो, जहाँ ट्रम्प र सी जिनपिङबीच औपचारिक वार्ता सुरु भएको थियो।
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया