काठमाडौं । नयाँ दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढेको छ। मूल्यवृद्धिपछि दिल्लीमा पेट्रोलको मूल्य ९७.७७ भारतीय रुपैयाँ प्रतिलिटर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य बढेपछि भारतमा इन्धनको मूल्य पनि बढेको बताइएको छ। इरान–अमेरिका तनावपछि कच्चा तेलको मूल्य करिब ७० डलर प्रतिव्यारेलबाट बढेर १०० डलरभन्दा माथि पुगेको छ।
तेल कम्पनीहरूले बढ्दो लागत र घाटा पूर्ति गर्न मूल्य समायोजन गरेको जनाइएको छ। कच्चा तेलको मूल्य यस्तै उच्च रहिरहे आगामी दिनमा पेट्रोल र डिजेल अझ महँगिन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया