काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती–१ लोकहा स्याउलीस्थित मकैबारीमा एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा बिहीबार बिहान गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिएका छन्।

advertisement

उनका अनुसार मृत गैँडा वयस्क रहेको छ। गैँडाको खाग र खुर सुरक्षित अवस्थामा फेला परेको जनाइएको छ।

गैँडाको शरीरमा बाह्य चोटपटक नदेखिएकाले मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com