काठमाडाैं । रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धताप्रति व्यंग्य प्रकट गरेका छन्।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देशको भविष्यबारे सोच्दा वर्तमान नेतृत्वमै सीमित हुनु गलत हुने बताएका छन्। उनले व्यंग्य गर्दै लेखेका छन्, ‘मानौँ यो देश रास्वपाका यही पुस्ताका नेताहरूको मात्रै सम्पत्ति हो, र भविष्यमा त्यहाँ कहिल्यै कमजोर नेतृत्व आउने छैन।’

advertisement

नेपालको संवेदनशील भूराजनीतिक अवस्थातर्फ संकेत गर्दै मिश्रले क्षेत्रीय तथा विश्व शक्तिहरूबीचको प्रतिस्पर्धाले नेपालमा प्रत्यक्ष प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। यस्तो परिस्थितिमा जातीय, धार्मिक र क्षेत्रीय सम्बन्धमा समेत तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ।

रविन्द्र मिश्रले देशभक्ति र राष्ट्रिय एकताको साझा प्रतीकको आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक नेतृत्व वा राष्ट्रपतिको संस्थामाथि मात्र पूर्ण भरोसा गरेर बस्नु पर्याप्त नहुने धारणा व्यक्त गरेका छन्। साथै, ठूलो संख्यामा युवापुस्ता विदेशमा बसोबास गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै नेपालमै रहने भावी पुस्ताको हितलाई केन्द्रमा राखेर सोच्नुपर्नेमा जोड दिएका छन्।

विश्व परिवेश दिनप्रतिदिन जटिल र असुरक्षित बन्दै गइरहेको सन्दर्भमा नेपालजस्तो मुलुकले दीर्घकालीन शान्ति, स्थिरता र आफ्नो अस्तित्व सुनिश्चित गर्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आवश्यक रहेको मिश्रले बताएका छन्।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com