काठमाडौं। वैदेशिक रोजगार विभाग ले अनलाइन श्रम स्वीकृति प्रणालीलाई थप सहज र प्रयोगकर्तामैत्री बनाउँदै सेवाग्राहीका समस्या समाधान गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीले पासवर्ड बिर्सिएमा कार्यालयमा धाउनुपर्ने झन्झट हटेको छ।

advertisement

नयाँ प्रणालीमार्फत प्रयोगकर्ताले आफ्नै विवरण प्रयोग गरेर अनलाइनमै पासवर्ड रिसेट गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।

यो प्रक्रियाअन्तर्गत सेवाग्राहीले आफ्नो जन्ममिति र राहदानी जारी मिति प्रविष्ट गरी सहजै नयाँ पासवर्ड बनाउन सक्नेछन्।

यसअघि पासवर्ड रिकभरीका लागि कार्यालयमै पुग्नुपर्ने वा जटिल प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो।

त्यसैगरी, प्रणालीमा अर्को सुधार गर्दै वैदेशिक रोजगारका लागि जाने देश तथा कम्पनीको नाम पनि प्रयोगकर्ताले आफैं थप गर्न सक्ने व्यवस्था मिलाइएको छ।

तर विभागले आधिकारिक कागजातमा उल्लेख भएको सही कम्पनी नाम मात्र प्रविष्ट गर्न आग्रह गरेको छ।

विभागले डिजिटल प्रणालीको प्रयोग बढ्दै गएको सन्दर्भमा व्यक्तिगत विवरणको सुरक्षामा विशेष ध्यान दिन सेवाग्राहीलाई सचेत गराएको छ।

राहदानी लगायतका संवेदनशील कागजात अरूसँग साझा नगर्न समेत अनुरोध गरिएको छ।

अनलाइन श्रम स्वीकृति प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यी सुधारहरू गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com