काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अब आगामी सोमबारका लागि सारिएको छ।
सोमबार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
आइतबार पर्ने मदन–आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको बताइएको छ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन, साथै फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा पनि मुख्य एजेन्डाका रूपमा रहनेछ। निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएको भन्दै नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज पार्टीभित्र उठ्दै आएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया