कैलाली । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बमको नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

advertisement

शनिबार दिउँसो नुहाउने क्रममा उनी नदीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोजी तथा उद्धारका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली परिचालन गरिएको थियो।

उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com