काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभरका वडा तहमा अधिवेशन गर्दैछ। गत २० वैशाखअघि तदर्थ समिति गठन भएका करिब १,५०० वडामा आज अधिवेशन हुन लागेको हो।

संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब ३,००० वडामा तदर्थ समिति गठन भइसकेका छन्। तीमध्ये करिब ५० प्रतिशत वडामा चुनावअघि र पछि अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी अधिवेशन हुन नसकेका वडाहरूको प्रक्रिया आज पूरा गरिने बताइएको छ।

advertisement

रास्वपाले वडा अधिवेशनलाई दुई चरणमा गर्ने निर्णय गरेको थियो। सोहीअनुसार ३ जेठभित्र गठन भएका तदर्थ समितिका वडाहरूमा १६ जेठमा अधिवेशन गर्ने तयारी गरिएको छ।

सबै तहका अधिवेशन सम्पन्न गरेपछि रास्वपाले आगामी ७ देखि ९ असारसम्म चितवनमा महाधिवेशन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com