काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ ले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् ।

उनले सुकुमबासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् । जसले जेसुकै गाली गरेपनि विरोध गरिरहने उनले बताए ।

advertisement

उनले लेखेका छन्,‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म ! आतातायी सरकार !’

व्यवस्थापन बिनानै सरकारले सुकुमबासी बस्तीहरूमा डाेजर चलाएपछि हर्क साम्पाङ सरकारसँग असन्तुष्ट छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com