काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल ले पार्टी पङ्क्तिलाई विगतमा भएका भूल–त्रुटि र कमजोरीहरू खुला रूपमा स्वीकार गर्दै जनतासामु आत्मालोचक भएर प्रस्तुत हुन विशेष आग्रह गरेका छन्।

तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

advertisement

उपाध्यक्ष पौडेलले जननेता मदन भण्डारी द्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को मर्मलाई पार्टीले ठीक ढङ्गले आत्मसात गर्नुपर्नेमा जोड दिए। विगतका कमी–कमजोरीका कारण गुमेको जनताको भरोसा र विश्वास पुनः प्राप्त गर्न एमालेका सबै नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

उनले नेकपा (एमाले)लाई देशको राष्ट्रिय राजनीतिको निर्णायक र नेतृत्वदायी शक्तिका रूपमा पुनःस्थापित गर्न दृढ संकल्पका साथ अघि बढ्न सबैलाई आह्वान गरे।

नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पौडेलले आन्दोलन अहिले इतिहासकै सबैभन्दा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरे।

उनका अनुसार राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवन सञ्चालन गर्दा जनताको बहुदलीय जनवादको सिद्धान्तबाट ठीक ढङ्गले निर्देशित हुन सकियो कि सकिएन भन्ने विषयमा अब गम्भीर वस्तुनिष्ठ समीक्षा गर्न ढिलाइ भइसकेको छ। उनले समयमै समीक्षा नगरे भविष्यमा थप चुनौतीहरू सामना गर्नुपर्ने संकेतसमेत गरेका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com