काठमाडौं। प्रहरीले देशका विभिन्न जिल्लाबाट गरिएको विशेष कारबाहीमा लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो तथा ठूलो मात्रामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

advertisement

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँ क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने १२ ग्राम ६४० मिलिग्राम पदार्थसहित ७ जना पक्राउ परेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोरङको पथरीशनिश्चरेबाट ट्रामाडोल २,२१० ट्याब्लेट र स्पास्पेन २,३२० ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन्।

त्यस्तै रूपन्देहीमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँचका क्रममा स्पास्मो ४८० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

झापाको कनकाई नगरपालिका क्षेत्रमा ब्राउनसुगर जस्तो देखिने ११ ग्रामभन्दा बढी पदार्थसहित २ जना पक्राउ परेका छन्।

कैलालीका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइन र अन्य लागूऔषधसहित होटल सञ्चालकसहित ४ जना र अन्य समूहका व्यक्तिहरू पक्राउ परेका छन्।

सुनसरीको इटहरीमा पनि ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् भने धनकुटामा एक महिलाको कोठाबाट करिब ९२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी मकवानपुरको हेटौँडाबाट २१ किलोभन्दा बढी गाँजासहित एक वृद्ध पुरुष पक्राउ परेका छन्।

कञ्चनपुरमा पनि छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ५ जना भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com