काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा ‘राष्ट्रिय संविधान सुधार सुझाव आयोग’ गठन गर्नुपर्ने सुझाव दिएका छन्।

आइतबार (जेठ ३) काठमाडौंमा प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

advertisement

अर्जुननरसिंह केसी ले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्नेमा जोड दिँदै विगत १० वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी, त्रुटि र व्यावहारिक चुनौतीलाई आधार बनाएर व्यापक राष्ट्रिय बहस आवश्यक रहेको बताए।

उनका अनुसार संविधान कुनै दल विशेषको इच्छा वा स्वार्थको दस्तावेज हुन नहुने भएकाले यसमा सबै पक्षको सहभागिता अनिवार्य छ। उनले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवालाबीच राष्ट्रिय संवाद सञ्चालन गरी सर्वपक्षीय छलफलमार्फत साझा निष्कर्ष निकाल्नुपर्ने बताए।

केसीले सरकारले गठन गरेको संविधान बहस कार्यदलले पर्याप्त काम गर्न नसक्ने दाबी गर्दै हतारमा गरिने संशोधनले भविष्यमा पुनः राजनीतिक टकराव निम्त्याउन सक्ने चेतावनी दिए।

उनले मुलुकलाई द्वन्द्वतर्फ जानबाट रोक्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै अध्यादेशमार्फत भइरहेका केही राजनीतिक अभ्यासप्रति पनि चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com