काठमाडाैं । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः ३० बजे आगलागीभएको हो ।
नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयको मद्दतमा ४ः ०० बजे आगो नियन्त्रणमा लिइएको उनले बताए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया