काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार स्वीकार्य नभएको स्पष्ट पारेका छन्।

श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर आफ्ना आसन अगाडि आएर पर्चा देखाउँदै विरोध जनाएपछि सभामुख अर्यालले यस्तो टिप्पणी गरेका हुन्।

advertisement

उनले भने, ‘सदनमा पर्चा देखाएर प्रदर्शन गर्ने अनुमति हाम्रो कानुन र नियमावलीले दिएको छैन। विरोध गर्ने अनेक शैली हुन्छन्, तर ती सबै मर्यादाभित्र हुनुपर्छ।’

सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै सभ्य ढंगले विरोध गर्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com