काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा‍. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्।

सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माका अनुसार समितिले तोकेको १० दिने अवधिभित्र उक्त संख्यामा उजुरी प्राप्त भएका हुन्।

advertisement

यसअघि वैशाख २५ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले डा‍. शर्माविरुद्ध उजुरी आह्वान गर्दै १० दिनको समयसीमा निर्धारण गरेको थियो, जसको अन्तिम म्याद आजसम्म कायम थियो।

समितिले उजुरी दर्ताका लागि विभिन्न माध्यमको व्यवस्था गरेको थियो। हुलाक, इमेलमार्फत पठाउन सकिने व्यवस्थासहित सिधै सचिवालयमा उपस्थित भएर पत्र दर्ता गर्ने, समितिका सदस्यलाई भेटेर खाममार्फत बुझाउने तथा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दिन सकिने सुविधा दिइएको थियो।

उजुरी दर्ता गर्दा सम्बन्धित विषयको स्पष्ट आधार र कारण खुलाउन अनिवार्य गरिएको थियो। अब जेठ ५ गते बस्ने समितिको बैठकमा सबै सदस्यहरूको उपस्थितिमा प्राप्त उजुरीहरू खोलिनेछन् र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com