काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया