काठमाडौं । डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि उनीविरुद्ध १६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकोमा सोमबार कार्यालय समयभित्र उक्त उजुरी दर्ता भएका हुन् ।

समितिकी उपसचिव साबित्रा शर्माका अनुसार प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरू मंगलबार बिहान ९ः४५ बजे बस्ने समितिको बैठकमा खोलिनेछ । त्यसपछि ती उजुरी अध्ययनका लागि सांसदहरूलाई वितरण गरिने जनाइएको छ ।

advertisement

समितिले शर्माको कार्यकुशलता, कार्यसम्पादन, आचरणलगायत विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो । यसअघि संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com